तनहुँमा एक हजार ६४० उम्मेदवार भिड्दै -
Comments Add Comment

तनहुँमा एक हजार ६४० उम्मेदवार भिड्दै

१८ बैशाख , काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ६४० उम्मेदवार कायम भएका छन् ।

चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसबाट ४४० जनाको उम्मेदवारी परेको छ । यसैगरी एमालेका ४१६ जना माओवादीका ३४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

एकीकृत समाजवादीका १३०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १७९, मङ्गोल नेशनल अर्गनाइजेशनका ५२, विवेकशील साझाका ११ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यसैगरी स्वतन्त्ररूपमा १२५ जनाको उम्मेदवारी दर्ता भएको छ । जनता समाजवादी पार्टीका तर्फबाट १८, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट २६, मौलिक जरोकिलो पार्टीबाट दुई, नेपाली कांग्रेस (बिपी) एक, उन्नत लोकतन्त्र पार्टीबाट एक, नेकपा (माक्सवादी लेनिवादी)बाट दुई जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै