Comments Add Comment

Advertisment

SKIP THIS

इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवरलाई सीआईबीले पक्राउ

काठमाडौं । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएका एक जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सिंगापुरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आर्लेका सफलराज कुँवरलाई सीआईबीले पक्राउ गरेको हो।

कुँवरमाथि विभिन्न व्यक्तिहरुलाई मकाउ लैजान्छु भनेर ठगी गरेको आरोप छ।

११ जनाले दिएको् जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । उनी फरार रहँदै आएका थिए ।

पक्राउ परेका कुँवरलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ। त्यसपछि मात्रै कँवरलाई सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै