२६ जेठ, काठमाडौ । निषेधाज्ञालाई व्यवस्थित बनाउन पछिल्लो साता काठमाडौ उपत्यकामा सवारीसाधन चेकजाँचलाई कडा बनाइएको छ ।
निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलिरहेको सन्दर्भमा सडकमा सवारीसाधनको चाप बढ्ने र कोरोना भाइरस महामारीको प्रकोपले अर्को रुप लपन सक्ने तर्फ सतर्क हुदै ट्राफिक प्रहरीले उपत्यकाको चेकजाँचलाई कडा बनाइएको हो ।सवारीसाधन चेकजाँचमा कार्यालय प्रमुख देखि उपल्लो तहका प्रहरी अधिकृतहरु पनि सडकमा खटेका भेटिन्छन् ।
प्रहरी परिसर ललितपुरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्य ग्वार्को चोकमा अकस्मात् पुगेर आफैले अनुगमन गर्नुभयो । सडकमा खटेका प्रहरीको मनोवल बढाउन र चेकजाँचको अनुगमन गर्न प्रहरीका माथिल्लो तहका अधिकारीहरु सडकमा देखिन थालेपछि निषेधाज्ञा थप कडाइ हुदै गएको छ ।
बुधबार बिहान महानगरीय प्रहरी परिसर ललितपुरका बरिस्ठ प्रहरी उपरीक्षक (एसएसपी) किरण बज्राचार्य ललितपुरको बालकुमारी पुलमा सवारीसाधन चेकजाँचमा अरु प्रहरी जस्तै ब्यस्त हुनुहुन्थ्यो ।
निषेधाज्ञाको उलंघन गर्दै सडकमा यात्रा गरिरहेका थुप्रै व्यक्ति उक्त चेकजाँचमा परेपछि तिनका सवारीसाधन होल्ड गरिएको थियोे ।चालकलाई स्वास्थ्य सतर्कताको सुझाव समेत दिदै बज्राचार्यले ‘कहाँ जान लाग्नुभएको अनुमति पत्र बोक्नुभएको छ’ भन्दै दर्जनौं सवारी साधनसँग साक्षात्कार गरेको दृश्य देखिन्थ्यो ।
एसएसपी बज्राचार्य उक्त क्षेत्र मात्रै होइन ललितपुरका विभिन्न नाकाहरुमा समेत पुगेर अवस्थाको अनुगमन गर्दै आउनु भएको छ ।अहिले काठमाडौ र भक्तपुर भन्दा चेकजाँच कडा ललितपुर क्षेत्रमा धेरै अनुभुती गर्न सकिन्छ ।राज्यले निषेधित गरेका कार्यहरू रोक्ने मुख्य जिम्मेवारी प्रहरीको हुन्छ ।निषेधाज्ञालाई व्यवस्थित बनाउन प्रहरीले फिल्डमा राम्रो काम गरेपछि मात्रै राम्रो परिणाम देखिने सरोकारवालाहरु बताउँछन् ।ललितपुर प्रहरीले सडकमा बेला बेला सरप्राइज चेकजाँचलाई निरन्तरता दिने गर्छ ।
काठमाडौ भक्तपुर तथा सिमाना क्षेत्रमा यस्तो चेकजाँच गरिदै आएको छ ।अनुमतिबिना सवारीसाधन चलाउने ,लाइसेन्स नभएका तथा अन्य नियम उलंघन गर्नेहरु प्रहरीको कारबाहीमा पर्दै आएका छन ।