Comments Add Comment

Advertisment

SKIP THIS

दौडमा सहभागी भएकामध्ये २१ जना धावकको मृत्यु ; चीन

९ जेठ, चीन । चीनमा एउटा दौडमा सहभागी भएकामध्ये २१ जना धावकको मृत्यु भएको छ ।

बीबीसीका अनुसार पश्चिम(उत्तर चीनको पहाडी भेगमा पर्ने रिभर स्टोन फरेस्टमा आयोजित प्रतियोगिताका बेला तीव्र गतिको हावासहित कठ्याङ्ग्रिने गरी वर्षा भएपछि उनीहरुको मृत्यु भएको हो ।

सय किलोमिटर दूरी भएको दौडमा एक सय ७२ धावक सहभागी थिए । हिजो भएको दौडमा हराएकाहरुमध्ये आज २१ जनाको शव भेटिएको खबरमा उल्लेख छ ।

रिभर स्टोन फरेस्ट ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । एक सय ५१ जनाको उद्धार गरिएको र उनीहरुमध्ये धेरैलाई चोट लागेको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै