महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै -
Comments Add Comment

महाधिवेशनका लागि एमालेले आज देशभरबाट १‚९९९ प्रतिनिधि छान्दै

२७ कात्तिक , काठमाडौ । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयन गर्दैछ ।

यही मंसीर १०, ११ र १२ गते चितवनमा हुने महाधिवेशनका लागि १‚९९९ जना प्रतिनिधि छनौट हुनेछन्। यसबीचमा हिजो गण्डकी प्रदेश कमिटिलगायत केही जिल्लामा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् ।

एक निर्वाचन क्षेत्रबाट पार्टीका एक हजार दुई सदस्य बराबर तीन जना प्रतिनिधि छनोट गर्ने व्यवस्था एमालेले गरेको छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ। यसअघि एक हजार पाँच सय सदस्य बराबर तीन जना छनोट गर्ने व्यवस्था रहेको थियो ।

एक हजार दुई सयभन्दा बढी सदस्य भएको निर्वाचन क्षेत्रमा थप प्रतिनिधि छनोट गर्ने व्यवस्था छ। यस अनुसार, आठ सय जना बराबर एक जना महाधिवेशन प्रतिनिधि छनोट गरिनेछ।

हिजो शुक्रबार मात्रै महाधिवेशन मूल व्यवस्थापन कमिटीले नारा र लोगो सार्वजनिक गरेको थियो।

शुक्रबारै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यो महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् ।

महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने भन्दै उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएकोसमेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds