यो बर्ष पनि नेपाल प्रहरीले बेरूजु फर्छौट तथा प्रगतिमा सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत साधनबीच नेपाल प्रहरीले गरेको काम प्रशंसनीय रहेको बताएका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा बेरुजु फस्र्यौट कार्यका सर्वोकृष्ट /उत्कृष्ट हुने कर्मचारीलाई सम्मान गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा राम्रो काम गर्ने अपेक्षा आफूले राखेको बताए।
‘सीमित स्रोत र साधनलाई उपयोग गरेर अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय छन्,’ गृहमन्त्री खाणले भने, ‘आगामी दिनमा यो भन्दा अझ राम्रो काम सुरक्षा निकायले गर्ने अपेक्षा सरकारको छ।’
सुरक्षा निकायलाई विस्तारै स्रोत र साधनयुक्त बनाउने योजना सरकारको रहेको गृहमन्त्री खाणले बताए। गृहमन्त्री खाणले कार्यक्रममा बेरुजु फस्र्यौटमा सर्वोकृष्ठ/उत्कृष्ट हुनेहरूलाई नगद र प्रशंशा पत्रले सम्मान गरेका थिए।
उनले तत्कालिन गृहसचिव महेश्वर न्यौपानेलाई १० हजार, प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापालाई १० हजार, सशस्त्र प्रहरी बलका आईजी खनाललाई १० हजार, राष्ट्रिय किताव खाना (प्रहरी)का उपमहानिर्देशक शान्ता अधिकारी भट्टराईलाई १० हजार नगदसहित सम्मान गरे।


