ढिलो चाँडो गलत काम गर्नेहरू कानकठमाडौ । काठमाडौ जिल्लाकाे शान्ति सुरक्षाकाे कमाण्ड समालेका एसएसपी वसन्त रजौरे नेपाल प्रहरीका एक अब्बल र निष्कलङ्क प्रहरी अधिकारी हुन । कानुन कार्यन्वयन, विधिको शासन र प्रहरी संगठनकाे निर्देशनमा अगाडि बढ्ने रजौरे बढ्ता प्रचारप्रसारमा खासै रुचि राख्दैनन् ।

एसएसपी वसन्त रजौरे गत वैशाख १६ गते देखि काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हाले सङै विभिन्न किसिमका अपराध गरेर फरार रहँदै आएका अभियुक्त तथा अदालतबाट सजाय पाएर फरार रहेका प्रतिवादीहरूलाई धमाधम पक्राउ गर्न थालेको बताएका छन् ।

गम्भीर प्रकृतिका अपराध गरी फरार अपराधीहरू धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले गोलीकाण्ड, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यानदेखि सडकमा गुडिरहेको मोटरसाइकलका यात्रुबाट सुनका गरगहना लुटेर लैजाने ‘स्न्याचर’ लाई पक्राउ गरेको हो ।

काठमाडौं परिसरले दर्जनौं पुराना अपराधका अपराधीलाई पक्राउ गरिसकेको छ । काठमाडौं परिसर प्रमुख बसन्त रजौरे भन्छन्, ‘ढिलो चाँडो गलत काम गर्नेहरू कानुनी दायरामा आउनैपर्छ, त्यसैले पुराना, अधुरा रगम्भीर प्रकृतिका अपराधको अनुसन्धान गरी अपराधी पक्राउ गर्छौं ।’

प्रहरी परिसर काठमाडौँले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्म एक हजार पाँच सय ४८ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेस गरेको छ । फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान नै सञ्चालन गरेको काठमाडौँ प्रहरीले पुस महिनाको हालसम्म मात्र पाँच सय २५ जनालाई पक्राउ गरेको छ । बिहीबार मात्र ६२ जना फरार प्रतिवादी पक्राउ गरेको एसएसपी रजौरे बताए ।

काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ४८, कात्तिकमा एक सय तीन र मङ्सिर महिनामा दुई सय आठ जना फरार प्रतिवादीलाई विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

फैसला कार्यान्वयनअन्तर्गत पक्राउ परेकाहरूलाई प्रहरीले अदालत पेस गर्ने र अदालतबाट कारागार चलान हुने गरेको छ । विभिन्न कसुरमा अदालतले दोषी ठहर गरी फरार भएका उनीहरूविरूद्ध रू चार करोड ८० लाख ११ हजार दुई सय ९९ जरिवाना र एक सय ३२ वर्ष एक महिना २३ दिन कैद फैसला भएको छ ।