८ असार , काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अवि नारायण काफ्लेले रक्तदान कार्यक्रमको आयोजना गरेर जन्मदिन मनाएका छन् ।

रगतको चरम अभावलाई मध्यनजर गरि उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्रांगणको रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।

यसअघि २५ पटक रक्तदान गरिसकेका काफ्ले स्वयंले भने उक्त कार्यक्रममा रक्तदान गर्न पाएनन् । दुई महिना अघि रक्तदान गरेका काफ्लेले स्वास्थ्यकर्मीको सल्लाह अनुसार रक्तदान नगरेका हुन् ।

रगतको अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको एसपी काफ्लेले बताए । त्यस अवसरमा ३४ जनाले रक्तदान गरेका थिए ।








