Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी जनक भट्टराईको सफलता : धमाधम हराएको बाईक खोजेर जिम्मा लगाउदै

११ भदौ , काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।

शुक्रबार कार्यक्रमको आयोजना गरी महाशाखाले हस्तान्तरण गरेका २४ मध्ये २० वटा मोटरसाइकल र ४ वटा स्कुटर रहेका छन्। महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका पुतलीसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बूढानीलकण्ठलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्त्रण गरेका हुन्। एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरूमा पठाएको जानकारी दिए। बाँकी मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको पनि उनले बताए। सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment