९ भाद्र ,काठमाडौ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले उत्कृष्ट काम गरेबापत १ जना प्रहरीलाई सम्मान गरेको छ ।
ट्राफिक प्रहरी कार्यालयले साउन महिनामा उत्कृष्ट जिम्मेवारी बहन गरेको भन्दै प्रहरी सहायक हवल्दार नवराज वैद्यलाई सम्मान गरेको हो ।

ट्राफिक नियम उल्लंघन गर्ने बढी भन्दा बढी सवारी चालकहरुलाई कारवाहीको दायरामा ल्याई चुस्त दुरुस्त रहि बिभागीय नीति निर्देशन तथा अडर आदेशको अक्षरस: पालना गर्दै आफुलाई खटाईएको स्थानहरुमा सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन आफुलाई तोकिएको जिम्मेवारी बिवाद रहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, सरल र सुरक्षित बनाउन अहम भूमिका निर्वाह गरेबापत उत्कृष्ट प्रहरी’ घोषित गरिएको जानकारी दिएको छ ।
सर्वसाधारणबाट सकारात्मक पृष्टपोषण प्राप्त हुनुको साथै प्रहरी सहायक हवल्दार नवराज वैद्यले गरेका हालसम्मको कार्य सम्पादन स्तर तुलनात्मक रुपमा उत्कृष्ट रहेको पाईएकोले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत हौसला बढ्न जाने तथा त्यसबाट जिम्मेवारी निर्वाहमा हरेक कर्मचारीहरुमा सकारात्मक प्रभाव पर्न गई संगठनको व्यबसायिक कार्यदक्षतामा उच्च सुधार भई आगामी दिनहरुमा हरेक प्रहरी कर्मचारीहरुबाट हुने कार्य सम्पादनमा थप गुणात्मक सुधार हुने तथ्यलाई दृष्टिगत गरी निजले गरेको कार्यको कदर स्वरुप २०८१ साउन महिनाको Best Traffic Police of Month घोषणा गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


