Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ

काठमाडौं : नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–४ खैरेनीटार बस्ने २० वर्षीय सुलभ राई समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब १ किलोसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट पत्राङ्बारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको थियो।

झापा, भद्रपुर नगरपालिका–५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय राहुल ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै