Comments Add Comment

Advertisment

SKIP THIS

दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ

१ फागुन, काठमाण्डौं । कपिलवस्तु, बाणगंगा नगरपालिका–२ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर छन् ।

जंगलमा केही व्यक्ति बन्दुकसहित हिँडिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वी बहादुरलाई एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै