७ वैशाख , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गर्न भन्दै उजुरी परेको छ । वैशाख १० को उपनिर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उम्मेदवारलाई जिताए मन्त्री बनाइदिन्छु भनेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध बिहीबार तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तनहुँ संयोजक सूर्यमणि पौडेलले प्रधानमन्त्री प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका हुन् । बिहीबार गठबन्धनका नेताहरुसँगै तनहुँ–१ पुगेका थिए । चुनावी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाइदिने भनेका थिए । उनले त्यसो भन्दा सत्ता गठबन्धन दललगायत चुनावी कार्यक्रममा उपस्थित भएकाहरुले ताली पिटेका थिए । प्रचण्डविरुद्ध दायर भएको उजुरीमा चुनावी कार्यक्रममा उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै निर्वाचन आचारसंहिता २०७९ को दफा ३ विपरीत भएकाले कारबाहीको माग गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डविरुद्ध तनहुँमा उजुरी, कारबाही गर्न माग
प्रकाशित मिती : २०८० बैसाख ७ गते , बिहिबार
० प्रतिक्रिया
छुटाउनुभयो कि? सबै
विश्वासको मत पाएपछि प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस
२०८१ श्रावण ६ गते , आइतबार
कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा
२०८० मंसिर १४ गते , बिहिबार
प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनें भन्नुभएको छैन : नारायणकाजी श्रेष्ठ
२०८० असार २१ गते , बिहिबार
सबै सरकारी वेभसाइटका पुराना लिंक हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०७९ चैत्र १३ गते , सोमबार






