२९ साउन , काठमाडौ । नेपाली कांग्रेसका नेताडा.शेखर कोइरालाले सामाजिक सञ्जालअहिले एकदमै आक्रमक रुपमाविश्वमाआइरहेको र त्यसले धेरै विसङ्गतीहरु पनिनिम्त्याइरहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजितअन्तरपुस्ता संवादफोरममाबोल्दै उनले छिमेकीमुलुकबंगलादेशमा सामाजिक सञ्जालको प्रभावको कारण नै प्रधानमन्त्रीले देश छाड्नुपर्ने अवस्थाआएको भन्दै सामाजिक सञ्जालमाआफ्नो विचार राख्दागम्भीर भएर मात्र सबैमा आग्रह गरे ।
‘छिमेकीमुलुकबंगलादेश जहाँदुई तिहाइको सरकारथियो । अचानक घट्ना घट्यो र प्रधानमन्त्रीले देश नै छाडेर हिड्नुपर्ने अवस्थाआयो । यसलाई सामान्य घट्ना लिनमिल्दैन् ।ऋण लिएर चालु खर्च चलाएको नेपालमा त यो समान्य नै मानिएला। बंगलादेशमा११ प्रतिशतले वृद्धि भइरहेको थियो र पनिघट्ना घट्यो ।
नेपालमा त कुनैपनि बेला केहीहुन सक्छ, उनले भने,‘सामाजिक सञ्जालअहिले एकदमै आक्रमकहरुआइरहेको छ । सामाजिक सञ्जालले धेरै विसङ्गतिहरु पनिनिम्त्याइरहेको छ । राम्रो पनि छ तर विसङ्गतीपनिल्याएको छ बंगलादेशले पनि देखाएको छ । सामाजिक सञ्जालमाआफ्नो विचार राख्दागम्भीर हुनहोला ।’
उनले राज्यले शिक्षित र अशिक्षितदुवै वर्गको युवाहरुलाई रोजगारीको अवसर प्रदान गरी स्वदेशमै रोक्नुपर्ने जिम्मेवारीलिनआवश्यक रहेको बताए । उनले सरकारले गर्नेलगानी र खर्च सही ठाउँमा उपयोग भएको छ कि छैन् भनेर खबरदारी गर्न अपिल गरे ।







