३० असार ,काठमाडौ । प्रधानमन्त्रीसहित अन्य मन्त्रीको पनि सपथ आजै आज चौथो पटक केपी वली प्रधानमन्त्रीमा नियुसक्त भएका छन् ।
उनीसँगै अन्य मन्त्रीहरुले पनि राष्ट्रपतिबाट सपथ खाने कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो तर पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल भने सो कार्यक्रममा उपस्थित भएनन् ।
नवनियुक्त मन्त्रिहरुमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिँह, अर्थमन्त्री विष्णुपौडेल, सञ्चार मन्त्री पृथ्वीसब्बा गुरुङ्ग, रमेश लेखक गृह, शरतसिह भण्डारी सम, आर जु राणा परराष्ट्र, प्रदिप यादव खानेपानी, बलराम अधिकारी भ७त्रगयतसमि, दामोदर भण्डारी उद्योग, नवलकिशोर शाह महिला बालबालिका तथा समाज कल्याण, देबेन्द्र दाहाल भौतिक पुर्वाधार तथा यातायात, तेजुलाल चौधरी युवा तथा खेलकुँद, प्रदिप पौडेल स्वास्थ्य, अजय चौरसिया कानुन, विद्या भटटराइ शिक्षा, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, मानवीर राई रक्षा, दिपक खडका उर्जा र राजकुमार खडका संघीय मामला तथा सामान्य प्रशासन मन्त्रीको रुपमा नियुक्त भएका छन् ।
यसरी बाँकि मन्त्रालयको हकमा अन्य साना दललाई मिलाएर अगाडि बढाउने सहमति भएको छ ।



