Comments Add Comment

Advertisment

SKIP THIS

बनभोज कार्यक्रम सम्पन्न !

३ पुष , काठमाडौं । काठमांडौको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिका वडा नं. ८ अन्तर्गत समाबेशी टोल सुधार समितिद्वारा यही पुष २ गते बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।

काठमांडौ जिल्लाको रामकोटस्थित स्विट्जर्ल्यान्ड पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुद्वारा आ- आफ्नो कलाकारीता प्रस्तुत गर्ने क्रममा नाँचगानकासाथै निकै उत्साहपूर्ण वातावरणमा अन्य खेलकुंद कार्यक्रममा पनि सहभागिता भएको थियो । आयोजक टिमद्वारा विभिन्न खेलहरुमा सहभागी हुने खेलाडीहरुमा प्रथम तथा दित्तीय हुनेहरुलाई पुरस्कारको ब्यबस्था पनि गरिएको थियो ।

 

यसै त प्राकृत्तिक मनोरम दृश्यले भरिएको देश नेपालमा चाँदी झैं टल्किने हिमाल, हरियाली बनजंगलले ढाकिएको पहाड,पंहेलपुर अन्न बालीले ढाकिएको तराई , सगरमाथाको उचाई , विभिन्न ताल तलैयाहरु, जल, जमिन, जंगल, जनावर तथा जैविक विविधता आदिको मनोरम दृश्य आखिर के छैन हामीमा ? यस्तै, मनोरम दृश्यले भरिएको काठमांडौ कलंकीबाट नजिकै दुरीमा रामकोट डाँडाको आसपासमा अवस्थित बनभोजको लागि अति उत्तम स्थान स्विट्जर्ल्यान्ड पार्क, माथि डाँडामा अवस्थित काजी कालु पांडेको समाधीस्थल, भ्यु टावर, इन्द्र दह, मनकामना मन्दिर जहाँबाट सातवटा जिल्लाहरु गोर्खा, धादिङ, नुवाकोट, मकवानपुर, काठमांडौ, ललितपुर र भक्तपुर देख्न सकिने, तल बिन्ध्याबासिनी मन्दिर , रामकोट साइडमा पृथ्बीनारायण शाहले किर्तीपुर युद्व लड्दा बनाएका सैनिक ट्रेन्च तथा जताततै उपयुक्त बनभोजस्थल भएको कारणले उक्त स्थान धार्मिक, पर्यटकीय, सांस्कृतिक तथा मनोरन्जनात्मक दृष्टिकोणबाट पनि निकै नै महत्वपूर्ण छ । बनभोज कार्यक्रममा स्थानीय क्लवबाट स्थानको ब्यबस्था मिलाउँदै आइएको छ ।

यति हुँदाहुँदै पनि त्यहाँको क्लव तथा स्थानीय सरकारले बनभोज कार्यक्रयमस्थलमा खानेपानी, ब्यबस्थीत स्पोट तथा धेरै संख्यामा ट्वाइलेट तथा हावाहुरी र वर्षादको समयमा केही समय ओत लाग्न मिल्ने अस्थायी टहराको ब्यबस्था गर्नुपर्ने जरुरी देखिन्छ । काठमांडौ उपत्यकाको आसपासमा रहेका यस्ता मनोरम स्थानहरु : रामकोटको स्विट्जर्ल्यान्ड पार्क, , गोदावरी, नगरकोट, सुन्दरीजल, शिवपुरी , तारकेश्वर महादेबको मन्दिर आदिलाई सम्बर्द्वन र प्रवर्द्वन गर्न सक्यो भने उक्त स्थानका मानिसलगाएत अन्य सम्पूर्णमा आर्थिक रुपान्तरण, सामाजिक सद्वभाव, धार्मिक मनोभावनामा बृद्वि हुने कुरामा दुई मत नहोला !
खिमराज गिरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment