१२ पुष काठमाडौ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ । अमेरिकी डलरको भाउ शुक्रबारदेखि सो मूल्यमा कारोबार भइरहेको छ। यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३६ रुपैयाँ २१ पैसा कायमै रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्रीदर १६१ रुपैयाँ १० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?
छुटाउनुभयो कि? सबै
विदेशी मुद्राको सञ्चिति घट्यो
२०७८ मंसिर २९ गते , बुधबार
आज विदेशी मुद्राको विनिमय दर
२०७८ चैत्र ९ गते , बुधबार
विदेशी मुद्राको विनिमय दर
२०७८ जेठ २५ गते , मंगलबार
विदेशी मुद्राको बिनीमय दर
२०७८ पुष २ गते , शुक्रबार


