Comments Add Comment

Advertisment

SKIP THIS

ट्राफिक प्रहरीले अवस्था ठिक नभएका सवारी साधन चलाउने ४७ जनालाई कारबाही

भक्तपुर । भक्तपुरको जगातीमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४७ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

१ सय ३० भन्दा बढी सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४७ ओटा गरी सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै