Comments Add Comment

Advertisment

SKIP THIS

जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यु

धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक शेखको मृत्यु भएको छ।

फोक्सोमा क्यान्सर भएर चार वर्षदेखि उपचाररत उनको शनिबार बेलुकी मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।

शेख नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए।

शेखको आइतबार बिहान इस्लाम परम्पराअनुसार अन्तिम संस्कार गरिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै