Comments Add Comment

तारकेश्वरको फुटुङमा जय इन्द्रायणी सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङस्थित जय इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभामा तारकेश्वर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा संस्थाका सञ्चालक समिति सदस्य धुर्वराज खड्का प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा उप–क्षेत्र ४–५ मा दोस्रो उत्कृष्ट समूहका रूपमा जागरण महिला समूहलाई सम्मान गरिएको थियो। साथै, उत्कृष्ट कारोबारकर्ता मानकुमारी फुयाल, देवकी पुडासैनी र कमला कार्कीलाई समेत सम्मान गरिएको थियो।

त्यस्तै, सहकारीले आफ्ना सदस्यका परिवारभित्र रहेका तथा यसै संस्थाका सदस्यका एसएलसी/एसईई परीक्षामा उत्तीर्ण छोराछोरीलाई सम्मानसहित नगद रकम हस्तान्तरण गरेको थियो।

सभामा संस्थाको वार्षिक प्रगति, सदस्यहरूको योगदान तथा आगामी कार्ययोजनालगायतका विषयमा छलफल गरिएको थियो।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै