Comments Add Comment

Advertisment

SKIP THIS

सवैले गम्भीर भएर सोचौं !

३२ साउन , काठमाडौ । गठ्ठाघरको गत बुधवारको घटनाको विषयमा कुरा गर्दा एक जना स्कूटी चालकको ज्यान गएको छ । स्थिति तनावग्रस्त थियो ।

दोष ट्राफिक प्रहरीलाई पनि देखाइएको छ । आखिर छानविनले पत्ता लगाउने पाटो एकातिर छंदैछ तर अहिलेको यथार्थ वास्तविकतातिर जांदा निम्न कुराहरु देखिन्छ :

क) ट्राफिकले काटेको बिलमा उनीहरुलाई दिने भनिएको र सुनिएको कमिसनको परिणाम आजको बढी दुर्घटनाको कारक तत्व हुनसक्छ !

ख) सडकमा सवारी साधन गुड्दै गर्दा ट्रकको ड्राइभरले प्रायस् आँखा देख्दैनन, उनीहरुले सडकमा गुड्दा झिनामसिना गाडी, बाइक, स्कूटीको ख्याल गर्दैनन सृफ गन्तब्य मात्र तय हुन्छ ।

ग) साना सवारी साधनहरुको साइड पनि मनलाग्दी हुन्छ र उछिन्ने र हतारको मनस्थितिले दुर्घटनाको प्रवल सम्भावना हुन्छ ।

घ) यात्रुवाहक बसले अल्लोपल्लो बस स्टेसनबाट यात्रु टिप्ने आसले हतारले कुदाउंछन र दुर्घटना बढी भइरहेको अवस्था छ ।

यसको लागि मूख्य कुरा फेरि ट्राफिककै जिम्मेवारीमा ठोकिन्छ ।

यसको लागि नियम पालना गर्ने हो र गराउने पनि हो तर सवारी साधन हांक्नेले पनि आफ्नो साइडमा हतार नगरी चलाएमा दुर्घटना कम हुन्छ र ट्राफिकले पनि दिनभरीमा अर्को साथीको जति पनि मेरो चिट कटाइ भएन भनेर आर्थिक परिणामतिर हेर्न थाल्ने हो भने अनि युगान्डाको जस्तो कानुन आवश्यक पर्ने हो कि रु तसर्थ सवै पक्षले आ-आफ्नो जिम्मेवारी असल नागरिकको हैसियतमा पूरा गरौं ट्राफिक प्रहरीको मात्र दोष नहुन सक्छ । ता कि गठ्ठाघरको घटना फेरि पनि नदोहोरियोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment