Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपीलाई गृहमन्त्रीको निर्देशन – गठ्ठाघर दुर्घटनामा प्रहरीको गल्ती छकि छानबिन गर्नू

३२ साउन , काठमाडौ । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) लाई निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटना कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार दुर्घटनाबारे दुःख व्यक्त गर्दै उनले भने, ‘गठ्ठाघरको दुर्घटनामा के भएको हो रु दुर्घटना हुनुमा कसैको गल्ती छ कि रु यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि रु यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

बिहीवार दिउँसो गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कूटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कूटरलाई ठक्कर दिँदा स्कूटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment