Comments Add Comment

Advertisment

SKIP THIS

महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु

१० फाल्गुन ,काठमाडौ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्वशिक्षक विन्देश्वर सिंहको भारतमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

महाकुम्भ स्नानका लागि भैरहवा नाकामार्फत भारततर्फ जाँदै गर्दा प्रयागराज नजिक भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको ज्यान गएको हो। उनी ईश्वरपुर नगरपालिका–३, भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक थिए।

ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर भएका सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बस्दै आएका थिए। श्रीमती र अन्य आठ जना सदस्यसँगै कुम्भ मेलाका लागि भारत प्रस्थान गरेका उनी दुर्घटनामा परे पनि अन्य सबै सकुशल रहेको पारिवारिक स्रोतले जनाएको छ।

नगर प्रमुख मनोजकुमार आचार्यले सिंहको निधनले नगरले एक बुद्धिजीवी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्। सर्लाहीबाट महाकुम्भ स्नानका लागि जाने भक्तजनहरूको आवागमन निरन्तर रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment