२६ साउन ,काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका ३ मिलनचोकमा दुई वटा बस अनियन्त्रित भएर दुर्घटना भएको छ । आज बिहान करिब ८ बजेको समयमा १ मिनेटकै अन्तरालमा करिब १ सय मिटरको फरकमा दुई वटा बस दुर्घटनामा परेको हो ।

लमजुङबाट नारायणगढ तर्फ जादै गरेको ग १ ज ८२९४ नम्बरको बिद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिन तर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको मिनिबस आफै अनियन्त्रित भै सडकमा पल्टिएको हो ।
उक्त दुर्घटनामा परि १३ जना यात्रुहरु घाईते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ । यस्तै घाईतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भैरहेको पनि प्रहरीले बताएको छ ।




