Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

४ फागुन , काठमाडौ । जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

कर्णाली प्रदेश ००२००१ त ०४२७ नम्बरको ट्याक्टर हिजो बेलुकी ७ बजे दुर्घटना हुँदा पातारासी गाउँपालिका–२ का अन्दाजी ५२ वर्षीयअमिर बोहोराको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार पातारासी–३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीया सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीया मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा घाइते भएका छन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment