१ असार , काठमाडौ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएकाहरुको पदस्थापन भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले चार जना एसएसपीको पदस्थापना गरेको हो ।
पदस्थापन हुनेमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन् ।
एसएसपीहरु क्रमश श्याम कृष्ण अधिकारी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, रविन्द्र रेग्मी गण्डकी प्रदेश शान्ति सुरक्षा महाशाखा पोखरामा सरूवा भएको छ ।
त्यस्तै, भिमबहादुर दाहाल कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र नान्तीराज गुरुङको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा बिरेन्द्रनगरमा सरूवा भएको छ ।



