१४ असार, काठमाडौ । नेपाल प्रहरीका दुई प्राविधिक वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० अनिवार्य अवकाश पाएका छन् ।
डीआईजी बढुवाको प्रतिष्पर्धामा रहेका प्रहरी अस्पतालमा कार्यरत एसएसपीद्वय दीपक श्रेष्ठ र सुवास आचार्यले अनिवार्य अवकाश पाएका हुन् ।
डीआईजी पद रिक्त रहे पनि समयमा सरकारले बढुवा प्रक्रिया अघि नबढाउँदा बढुवा नभइ उनीहरु घर फर्किएका छन् । उनीहरु १२ असार २०७५ मा एसएसपीमा बढुवा भएका थिए ।
जसकारण गएराति १२ बजे ६ वर्ष पूरा भएकाले एसएसपीको पदावधि अनुसार उनीहरु अवकाशमा गएका हुन् । प्रहरी अस्पतालमा डीआईजीका दुई पद रिक्त छन् । जसमा एसएसपी श्रेष्ठ र सुवास आचार्य बढुवाका दाबेदार थिए ।
अवकाशमा गएका श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् । उनीहरुले डेढ महिनादेखि डीआईजीको दरबन्दी खाली राखेर प्रहरी नेतृत्वले आफूहरुको बढुवा नगरी अन्याय गरेको आरोप लगाएका थिए ।
एसएसपी डा। श्रेष्ठले त प्रहरी संगठन प्राइभेट कम्पनीमा परिणत भएको र आईजीपी सिइओ भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।





