ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा -
Comments Add Comment

ताप्लेजुङमा हत्या मुद्दाका तीन जनाको आधा कैद सजाय मिनाहा

३ असोज , काठमाडौ । संविधान दिवसका अवसर पारेर ताप्लेजुङमा तीन कैदीको सजाय मिनाहा गरिएको छ ।

पाथीभरा याङवरक गाउँपालिकाका-१ हर्कबहादुर राई फुङलिङ नगरपालिका(३ का प्रेम लिम्बु र कुमार शेर्पाको बाँकी कैद मिनाहा गरिएको हो । तीनै जना कर्तब्य ज्यान मुद्दा (हत्या)मा कैद सजाय काटिरहेका थिए ।

५० प्रतिशत कैद भुक्तान गरेका तीनै जनाको बाँकी कैद मिनाहा गरिएको ताप्लेजुङ कारागार प्रमुख कुलेन्द्र खवासले बताए ।

१० वर्ष कैद सजाय तोकिएका राईले पाँच वर्ष एक महिना, दुई वर्ष तोकिएका लिम्बु एक वर्ष आठ दिन र १० वर्ष तोकिएका शेर्पाले ६ वर्ष नौमहिना कैद भुक्तान गरेको खवासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै