२५ चैत , काठमाडौ । नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच पुर्याएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० का २१ वर्षीय सागर ढकाल छन् ।
साइबर स्पेसमा अनधिकृत पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न समयमा साइबर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।
सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा २१ वर्षीय ढकालको संलग्नता खुलेको थियो । लगत्तै साइबल ब्युरोको टोलीले बिहीबार बाटुलेचौरबाटै पक्राउ गरेको हो ।
ढकालविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले ७ दिन हिरासतमा राख्न अनुमति दिएको ब्युरोले जनाएको छ ।






