Comments Add Comment

Advertisment

SKIP THIS

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२६ जेठ , काठमाडौं । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ डबलीमा हिजो साँझ ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुमकै फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रबिन खापुङ रहेका छन् ।

म्याङ्लुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर हिजो साँझ अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मिटर तल खसेको थियो ।

चालक खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment