मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु -
Comments Add Comment

Advertisment

SKIP THIS

मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२६ असार ,काठमाडौ । रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रुन्टीगढी गाउँपालिका स्यालास्थित सावडाँडादेखि डुब्रिङ हुँदै होलेरी जोड्ने भित्री सडक खण्डमा गएराति रा १ ख २१३९ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालक रुन्टीगढी गाउँपालिका – ६ निगालपानीका ३२ बर्षीय महेष थापाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले मध्यराति १२ बजेपछि दुर्घटनाबारे सूचना पाएको थियो। प्रहरी निरीक्षक देवीप्रसाद गैरेको नेतृत्वमा सातजनाको टोली बिहान २ बजे घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार उकालो बाटोमा गाडी मोड्न खोज्दा अचानक ब्याक हुन गइ ६५ मिटर तल खस्न पुगेको थियो।

दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत घाइते छन् । प्रहरीका अनुसार चालकको शव गाडी फेला परेको ठाउँ भन्दा झन्डै ३ मिटर टाढा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment