Comments Add Comment

Advertisment

SKIP THIS

राहदानी बनाई दिने भनी रकम ठगी गर्ने १ पक्राउ

२१ माघ, काठमाडौं । प्रहरीले राहदानी बनाई दिने भनी रकम लिई ठगी गरेको अभियोगमा सुनसरी इटहरी उपमहानगरपालिका-५ संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई बिहीबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्‍वरस्थित राहदानी बिभागमा राहदानी बनाउन आएका सर्लाही ईश्‍वरपुरका एक व्यक्तिलाई माघ १८ गते राहदानी बनाईदिने भनी १२ हजार रुपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मनोजलाई पक्राउ गरेको हो ।

उनी उपर ठगी, आपराधिक बिश्‍वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

भरुवा बन्दुक सहित राई पक्राउ

लागुऔषध सहित एक जना पक्राउ

हातहतियारसहित ३ जना पक्राउ