काठमाडौं– सशस्त्र प्रहरीले त्रिशुली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका एक जनाको सकु्शल उद्धार गरेको छ।
चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका ती व्यक्तिको शनिबार बिहान सकुशल उद्धार गरिएको हो। उद्धार गरिएका व्यक्ति धादिङको निलकण्ठ नगरपालिका–६ का ४५ वर्षीय कृष्ण परियार हुन्।
उनी पुलबाट त्रिधुली नदिमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले रोप रेस्क्यु विधिबाट उनलाई जिवितै उद्धार गरेको हो।
उद्धार गरिएका परियारलाई उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाएको छ। उनी किन हामफाल्न खोजेका हुन् भन्ने नखुलेको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।


