जनमत अनुसारको सरकार बनेको छ : गृहमन्त्री -
Comments Add Comment

जनमत अनुसारको सरकार बनेको छ : गृहमन्त्री

२५ पुष , काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनमत अनुसारको सरकार बनेको बताएका छन् ।

आज प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताले दिएको मतलाई सम्मान गर्दै आफूहरु सरकारमा सहभागी भएको बताए । उनले जनजीविकाका सवालमा सरकार निर्ममताका साथ प्रस्तुत हुने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको रवि लामिछानेले संसद्मा जनताले जानेर या नजानेर अहिले मिलाएर मत दिएको बताए । उनले आफूहरुजस्ता नयाँ दललाई पनि नमात्तिने गरी र ठूला दललाई पनि चुनौती थप गरिदिएर जनताले मिलाएर मत दिएको बताए ।

उनले आफूहरुको सरकारमा उपस्थितिले परिवर्तनको संकेत गरेको बताए । उनले भ्रष्टाचारका विषयमा कसैले पनि प्रभाव नपारीदिन आग्रह गर्दै जुनसुकै बेला भएका भ्रष्टाचारका फाइल खुल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds