१५ असोज , काठमाडौँ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति सडकमा हिँड्दै गरेको गाईसँग ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलमा पछाडी सवार बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्लको मृत्यु भ्येको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।
मोटरसाइकल चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रण्मा लिएको छ ।




