Comments Add Comment

Advertisment

SKIP THIS

डडेल्धुरामा विषालु च्याउ खाँदा एक जनाको मृत्यु

६ साउन , काठमाडौ । डडेल्धुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–२ मा स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न एक पुरुषको विषालु च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

मजदुरी गर्न डडेल्धुरा पुगेका बर्दिया बारबर्दिया गाउँपालिका–७ का ५० वर्षका राम दुलारी थारुले जंगली च्याउ खादा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

जंगली च्याउ खादा बिरामी भएका उनलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै