Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा आगलागी : एक जनाको मृत्यु

३० कार्तिक , काठमाडौँ । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आज बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको थियो ।

आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो । पौने ९ बजे उनी मृत भेटिएको र मृतक अस्मिता सुस्त मनस्थिति र प्यारालाइसिस रोगकी बिरामी थिइन् । यस्तै हरिशरणकी १४ वर्षीया छोरी नित्मा केसीको उद्धार गरी कोरियन अस्पताल लगिएको छ । उनको डिस्चार्ज पनि भइसकेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, भक्तपुरबाट दुई वटा दमकल, जनप्रतिनिधि र स्थानीयको सहयोगमा पौने ९ बजे आगो नियन्त्रणमा आएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै