झापा , नेपाल र भारतकाको सीमावर्ती क्षेत्रमा हुने अपराध तथा तस्करी नियन्त्रणमा थप कडाइ गर्ने दुवै देशका सुरक्षा अधिकारीहरूलाई डिआईजी श्याम ज्ञवालीले निर्देशन दिएका छन ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी श्यामलाल ज्ञवालीले झापा जिल्लाको प्रमुख नाका काकरभिट्टा एरियाको सिमावर्ती क्षेत्रको निरीक्षणका क्रममा तस्करी, सीमा अपराध, लागुऔषध एवं साना हतियारको ओसारपसार, मानव बेचबिखन र दुई देशबीचमा हुने अवैध आवतजावत नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।
सिमावर्ती क्षेत्रहरुबाट हुने चोरी निकाशी नियन्त्रणको लागी प्रभावकारी रुपमा प्रहरी परिचालन गर्ने उदेश्य अनुरुप १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी श्याम ज्ञवाली झापा जिल्लाका एसपी दुर्गा राज रेग्मी सहितको टाेलिले सिमावर्ती क्षेत्रको स्थलगत निरीक्षण गर्नु भई डिआईजीले ईलाका प्रहरी कार्यालय काकडभिट्टा तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा डिआईजी ज्ञवालीले सीमावर्ती क्षेत्रमा हुने अपराध,तस्करी,जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने र आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विशेष निगरानी राख्न निर्देशन दिए ।