Comments Add Comment

Advertisment

SKIP THIS

दुई आपराधिक समूहको झगडामा कैलालीका भूपेन्द्रको हत्या

१ मंसिर , काठमाडौ । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भूपेन्द्र बडुवालको २३ कात्तिकको राति भएका टीकापुरमा भएको हत्या गुण्डागर्दीमा संलग्न दुई समूहबीचको द्वन्द्वका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नवीन रावल र उनको प्रतिद्वन्द्वी जयन्द्र शाहको समूहबीच एक अर्काको बर्चश्व स्थापित गर्ने सन्दर्भमा भूपेन्द्रको हत्या भएको प्रहरीको हालसम्मको छानविनले देखाएको हो ।

मृतक भूपेन्द्रको परिवारले चिसापानीका नवीन रावलको समूहले हत्या गरेको भन्दै नवीनसहित १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएको छ ।

किटानी जाहेरी परेकामध्ये ९ जना पक्राउ परेका छन् भने नवीन रावलसहितका ७ जना फरार छन् । फरार हुनेमा रावलको विपक्षी समूहका जयेन्द्र शाहसहितका केही युवा पनि रहेका प्रहरी बताउँछ ।

पछिल्लो समय मृतक भूपेन्द्र भने नवीनको समूह छाडेर जयेन्द्रको समूहसँग नजिकिएका प्रहरीको भनाइ छ ।

कसरी भयो घटना ?

प्रहरीका अनुसार हत्या भएको दिन भूपेन्द्र लम्कीकै दीपेश न्यौपानेसँग थिए । दिउँसो दीपेश फुटबल खेल्न चिसापानी जाँदा भूपेन्द्र पनि गएका थिए र केहीबेर बसेर हिँडेका थिए ।

पछि भूूपेन्द्रले दीपेशलाई आफूूसँगै जिम गर्न बोलाए । त्यसपछि उनीहरु भूपेन्द्रकै मोटरसाइकलमा आस्था होटलसम्म खाजा खान गएको प्रहरीले जनाएको छ । त्यसपछि केहिबेर सम्पर्कविहीन भएका भूूपेन्द्रले पछि दीपेशलाई आफूूसँगै घरमा लिएर गए । साँझको खाना खाइसकेपछि उनीहरु फेरि पहिले बसेकै ठाउँ आस्था होटलमा पुुगे ।

आस्था होटलमा भूूपेन्द्रलाई साथी कपिल श्रेष्ठको फोन आयो । दीपेशले टीकापुरमा पत्रकारहरुसँग भनेका छन्, ‘आस्थामा पुुगिसकेपछि कपिल दाइको फोन आयो । फोनमा उहाँले मलाई पुुलिसले लखेटेको छ, बचाउन आइज भनेपछि दाइ ९भूपेन्द्र० र म त्यहाँबाट निस्क्यौं ।’

मोटरसाइकलमा पेट्रोल नभएको बताएपछि कपिलले नै फोनबाट त्यसको व्यवस्थापन गरेको उनको भनाइ छ । कपिलले दिएको लोकेसनका आधारमा हिँडेका उनीहरुले कपिललाई भेट्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै