Comments Add Comment

Advertisment

SKIP THIS

डिएसपी सुधिर राई सहित ९ जना प्रहरी साउन महिनाको उत्कृष्ट प्रहरी घोषत

काठमाडौं : ललितपुर प्रहरी परिसरका डिएसपी सुधिर राई सहित ९ जना प्रहरी कर्मचारीलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले पुरस्कार तथा प्रशंशा पत्र प्रदान गर्नु भएको छ ।

प्रहरी सङ्गठनले दिएको जिम्मेवारी पूर्ण रुपमा लगनशील,वफादार र कर्तव्यनिष्ठ भई अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरिकलाई सुरक्षाको प्रत्याभूत गराई आम नागरिक माझ प्रहरी सङ्गठनको गरिमालाई उच्च पार्नु भएकोमा उक्त योगदानको उच्च कदर गर्दै नगद पुरस्कार तथा प्रशंशा-पत्र सहित डिएसपी सुधिर राईलाई २०८१ साल साउन महिनाको “Police of The Month” घोषित गरि एसएसपी शेखर खनालले पुरस्कार तथा प्रशंशा पत्र प्रदान गर्नु भएको ।

साथै पेशाप्रति समर्पित रही,लगनशिल एवं निष्ठावान भई उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन गर्ने ९ जना प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहन स्वरुप नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

पुरस्कृत हुनेहरू :-

१, जिल्ला प्रहरी परिसर, ललितपुर CRV दरवन्दीका प्र.ना.नि. हिमाल पौडेल
२, जिल्ला प्रहरी परिसर ललितपुर दरवन्दीका प्र.व.ह. खुम बहादुर घिमिरे
३, जिल्ला प्रहरी परिसर ललितपुर CRV दरवन्दीका प्र.ह.राजेश लामा
४, नगर प्रहरी कार्यालय काठमाण्डौ दरवन्दीका प्र.ह.गोपाल श्रेष्ठ
५, इलाका प्रहरी कार्यालय सिक्रेपुरी नुवाकोट दरवन्दीका प्र.स.ह.कोष बहादुर बस्नेत
६, प्रहरी चौकी गिम्दी ललितपुर दरवन्दीका प्र.ज. तेजराज शर्मा
७, वडा प्रहरी कार्यालय लगनखेल ललितपुर दरवन्दीका प्र.ज. देव कृष्ण यादव
८, जिल्ला प्रहरी परिसर ललितपुर CRV दरवन्दीका प्र.ज. सन्तोष विष्ट
९, प्रहरी चौकी लामाटार ललितपुर दरवन्दीका प्र.ज. तारा बहादुर राउत Shekhar Khanal एन सुवेदी जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी वृत्त चापागाउँ ललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै