
११ मंसिर , काठमाडौ । नेकपा (माओवादी केन्द्र) तार्केश्वर नगर कमिटीको तेश्रो सम्मेलन थापाको अध्यक्षतामा ६५ सदश्य कमिटी सम्पन्न भएको छ ।


तार्केश्वर नगरको सम्मेल निर्वाचित हिजो सम्पन्न भएको नेकपा माओवादी केन्द्र तार्केश्वर नगर कमिटीको तेश्रो सम्मेलन मार्फत रामकुमार थापा लाइ सर्बसम्मत अध्यक्ष निर्वाचित गरेको छ ।


भुवन अर्याल , उत्तम दाहाल अनि जगन्नाथ राजवाहक उपाध्यक्ष चयन भएका छन भने प्रकाश फुयाल सर्बसम्मत सचिब चयन भएका छन् भने सह-सचिबमा राजन बिडारी सहित ६५ सदश्य कमिटी गठन भएको छ ।

अध्यक्ष , सचिब, उपाध्यक्ष पदमा अन्यको समेत उम्मेद्बारी परेको र चुनावी प्रक्रियामा गएको तर अन्य उमेदवारले अन्त्यमा उम्मेद्बारी फिर्ता गर्नु भएकोले उक्त कमिटी सर्वसम्मत निर्वाचित गराइएको प्रचारप्रसार बिभाग प्रमुख रामसुदन फुयालले बताए । अध्यक्ष र सचिवमा अन्यको दाबी स्वभाविक भएको तर नजिकिदै गरेको स्थानीय निकायको चुनाव केन्द्रित गरेर प्रभावसाली नेता रामकुमार थापाकै नेतृत्वमा ६५ सदश्यको बैठकले सर्वसम्मत गर्ने निर्णय गरेको उनले बताए । कार्यक्रमको उद्घाटन भुमी ब्यबस्थापन मा। मन्त्री शशी श्रेष्ठले गर्नु भएको थियो ।



