Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको आठौं वार्षिकोत्सव सम्पन्न

२४ साउन ,काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहबीच नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको आठौं बार्षिकोत्सव सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले महाविद्यालयमा नवनिर्मित बास्केटबल कोर्टको उद्‍घाटन तथा महाविद्यालयद्वारा प्रकाशित ‘युक्ति दर्पण-२०८०’ स्मारिकाको बिमोचन गर्नुको साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरूलाई मेडल, प्रमाणपत्र तथा प्रशंसापत्र प्रदान गरे ।

साथै सोही महाविद्यालयमा कार्यरत प्रहरी हवल्दार वीर बहादुर घर्तीको छोरी बिमा कुमारी घर्तीले २०७९ सालको एसइई परीक्षामा उत्कृष्ट अंक हासिल गरेको हुँदा छात्रवृत्ति स्वरूप नगद १० हजार रूपैयाँद्वारा उनले सम्मान गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले महाविद्यालयले प्रशिक्षणमैत्री वातावरणमा प्रशिक्षण सञ्चालन गर्न आग्रह गर्दै तालिमको गुणस्तर र व्यवसायिकतालाई असर पर्ने जस्ता कार्यहरू हुन नदिनेतर्फ सबै प्रशिक्षकवर्ग सचेत रहनुपर्ने बताए ।

नेपाल प्रहरीले अपराध अनुसन्धान गर्ने, शान्ति सुरक्षा एवं अमन चयन कायम गर्दै नागरिक अधिकारको संरक्षण, सम्वर्द्धन गर्नुपर्ने भएकोले नागरिक सुरक्षाको क्रममा जनताको मौलिक हक सुनिश्चित हुने गरी प्रहरी सेवा प्रदान गर्न सक्ने दक्ष प्रहरी जनशक्ति तयार गर्न तद्अनुरुपको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गर्न समेत उनले आग्रह गरे ।

नेपाल प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह नवलपरासी९पश्चिम०का प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले उक्त अवसरमा धन्यवाद ज्ञापन गरेका थिए । वार्षिकोत्सवको अवसरमा महाविद्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो ।

कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्याल, रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादव, जिल्ला प्रशासन कार्यालय नवलपरासी(पश्चिम)का निमित्त प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति नवलपरासी९पश्चिम०का सदस्यहरू, प्रहरी अधिकृतहरू, सुनवल नगरपालिका-११ का वडा अध्यक्ष, प्रहरी जवानहरू र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment