Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रनिगाहपुरमा प्रहरीले सञ्चालनमा ल्यायो ‘हेल्प डेस्क’ !

१६ असोज , काठमाडौ । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरेको छ।

ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको हो ।

सो हेल्प डेस्कले कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने विश्वास गरिएको छ ।

इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका अनुसार मङ्गलवारदेखि चन्द्रनिगाहपुर मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment