२१ कात्तिक, काठमाडौं । गण्डकी प्रदेश सरकारले करको दर घटाउने निर्णय खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरेको करको दर घटाउने सम्बन्धी निर्णय खारेज गरेको हो ।
निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमै निर्देशन दिएको थियो । यसबारेमा सरकारले आयोगलाई आजै जानकारी गराउने तयारी गरेको छ ।
प्रदेश सरकारले ७ असोजको मन्त्रिपरिषद् बैठकबाट करको दर घटाउने निर्णय गरेको थियो । निर्वाचनको सम्मुखमा आचारसंहिता उल्लंघन हुने गरी करको दर घटाइएको भन्दै मुख्यमन्त्री, अर्थमन्त्री र अर्थसचिवलाई आयोगले अलग-अलग स्पष्टीकरण सोधेको थियो ।





