Comments Add Comment

Advertisment

SKIP THIS

सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र असम्भव : मन्त्री पौडेल

१४ फागुन, काठमाण्डौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् माओवादी नेता देवेन्द्र पौडेलले सहिदहरु परिवर्तनकारी आन्दोलनको इतिहास भएको बताएका छन् । शनिबारबाट सुरु भएको नेकपा माओवादीको सहित सप्‍ताह कार्यक्रम अन्तर्गत काठमाडौंको गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेलले देशमा भएका विभिनन् आन्दोलनमा सहिदहरुले जीवन समर्पण नगरेको भए गणतन्त्र सम्भव नभएको बताए ।

उनले जनयुद्धले स्थापित गरेका मुद्दाहरु कार्यान्वयनका लागि निरन्तर लडिरहने समेत बताए । अल्पसंख्यक, उत्पीडित र जातिय विभेद अन्त्यका लागि माओवादीले जनयुद्ध गर्नुपरेको भन्दै उनले राज्यले विभेदकारी व्यवहार गर्न नहुने धारणा व्यक्त गरे । ‘सहिदहरु आस्थाका धरोहर हुन्, उनले भने राजनैतिक पार्टी, विचार वा सिद्धान्तले सहिदहरुलाई विभक्त गर्न मिल्दैन । जुनसुकै आन्दोलनमा सहिद भएपनि सहिदहरुले देशकै लागि जीवन समर्पित गरेका हुन् ।’

नेता पौडेलले जनयुद्धमा सहिद भएकाहरुलाई आतंककारी आन्दोलनको रुपमा परिभाषित गरेर अपमानित गर्न खोजिएको आरोप लगाए । सहिद र सहिद परिवारले गरेको त्याग उत्सर्गकै कारण राजतन्त्रको अन्त्य गरी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको उनको भनाई थियो । हाल नेपालका दलहरूको राजनैतिक अधिकार प्राप्तिका लागि पनि जनयुद्ध कोशेढुंगा सावित भएको भन्दै उनले सबैखाले सहिद र उनका परिवारलाई समान व्यवहार गर्न आग्रह गरे ।

फरक प्रसङ्गमा उनले देशको सार्वभौम अधिकार देशले नै निर्णय गर्नुपर्ने भन्दै यथास्थितिमा कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने धारणा व्यक्त गरे । उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियता भन्दा ठुलो एमसीसी हुनै नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै