Comments Add Comment

अपहरण तथा बलात्कार मुद्दामा ६ वर्ष कैद तोकिएका नविन बस्नेत १३ वर्षपछि पक्राउ

काठमाडौं । अपहरण तथा जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दाङको साविक उरहरी गाविस–८ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ बस्ने वर्ष ३१ को नविन बस्नेत रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले बस्नेतलाई काभ्रेस्थलीबाट पक्राउ गरेको हो ।

अध्ययन तथा नागरिता बनाउने कामको सिलसिलामा दाङको तुलसीपुर–५, नयाँ बसपार्कस्थित न्यू राप्ती गेष्ट हाउसमा बास बसेकी युवतीलाई नविन बस्नेत समेतका व्यक्तिहरूले २०६७ असार १५ गते युवतीलाई अपहरण गरी तुलसीपुर–५ र ९ को सिमानामा पर्ने पातुखोला बगरमा लगि सामुहिक जबरजस्ती करणी गरेका थिए।

अपहरण तथा जबरजस्ती करणी मुद्दामा सर्वोच्च अदालतको मिति २०७९ जेठ १० गतेको फैसलाले प्रतिवादी नविन बस्नेतलाई साविक मुलुकी ऐन बमोजिम ६ वर्ष कैद हुने ठहर गरेको थियो। उनलाई फैसला कार्यान्वयनको लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै