Comments Add Comment

Advertisment

SKIP THIS

डीएसपी पुर्णिामा चन्द मंसिर महिनाको पोलिस अफ द मन्थ घोषित

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौं मातहतमा रहेको प्रहरी वृत्त स्वयभुकि प्रहरी प्रमुख डिएसपी पुर्णिामा चन्दलाई मंसिर महिनाको उत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरेको छ ।

‘पोलिस अफ द मन्थको रुपमा प्रशंसा पत्र प्रदान गरिएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीको हस्ताक्षरमा चन्दलाई प्रदान गरिएको प्रमाणपत्रमा भनिएको छ ।

विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याउनुको साथै असार महिनामा विभिन्न मुद्दाका फरार प्रतिवादीहरु पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकि छिन् ।

साथै आम नागरिकमा प्रहरीको छवि उच्च राख्दै त्रुटी रहित तवरबाट कर्तव्यपथमा तल्लीन रही आफुलाई दिईएको जिम्मेवारी तथा दायित्व उच्च मनोवलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा उहाँलाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरी पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै