काठमाडौंको फुटुङमा सांसद शिशिर खनालको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न -
Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको फुटुङमा सांसद शिशिर खनालको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न

१७ असार, काठमाडौ । फुटुङ सरोकार मञ्चको आयोजनामा काठमाडौंको तारकेश्वर नगरपालिकाको फुटुङमा रक्तदान कार्यक्रम गरिएको छ ।

काठमाडौंको ६ नम्बर क्षेत्रका सांसद शिशिर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको सहआयोजक संस्था ग्रुप अफ फुटुङ रहेको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बागमती प्रदेशका सांसद अमन मास्के रहेका थिए ।

कार्यक्रममा दुवैजना सांसदहरुले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । फुटुङ माविमा भएको कार्यक्रमको अध्यक्षता निराजन कार्कीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment