Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौको कपनबाट फेक अकाउण्ट बनाएर चरित्र हत्या गर्ने महिला पक्राउ

२३ साउन , काठमाडौ । सामाजिक सञ्जालमा फेक अकाउण्ट बनाएर महिलाको चरित्र हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका-६ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० कपन बस्ने २३ वर्षीया सुस्मिता थारु रहेकी छन् ।

सामाजिक सञ्जालबाट पीडित युवतीको फोटो डाउनलोड गरी कल गर्ल नामको फेक अकाउण्ट बनाई मानसिक तनाव दिएको र चरित्र हत्या गरेको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूरोले थारुलाई पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्ला अदातलबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको साइबर ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment