Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय सीमा आज रातिदेखि बन्द गरिने

२७ वैशाख, काठमाडौं । आसन्न निर्वाचनलाई लक्ष्य गरी इलामसँग जोडिएका भारतीय सीमा आज रातिदेखि बन्द गरिने भएको छ । सूर्योदय नगरपालिका–२ पशुपतिनगरको फाटकसहित र सन्दकपुर गाउँपालिका बिभिन्न नाकामा आवतजावतमा रोक लगाइने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा आज रातिदेखि वैशाख राति १२ बजेसम्मका लागि नाका बन्द गरिने उल्लेख गरिएको छ । यसैबीच निर्वाचनलाई मध्यनजर गरी आजदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ ।

मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुनसक्ने भएकाले मदिरा कारोबार र सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै